म्याग्दीबाट स्वतन्त्र रूपमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद महावीर पुनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। उनले बुधबार सामाजिक सञ्जालमार्फत उक्त विवरण सार्वजनिक गरेका हुन्।
सार्वजनिक विवरण अनुसार उनकी श्रीमतीको नाममा करिब ३ तोला सुन रहेको छ, जुन इष्टमित्रबाट उपहारस्वरूप प्राप्त भएको उनले उल्लेख गरेका छन्।
यसैगरी, पुनका नाममा नेपाल बैंक लिमिटेडमा ४ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकमा २५ लाख रुपैयाँ नगद रहेको जनाइएको छ। उनले यो रकम चुनावी चन्दाबाट आएको बताएका छन्।
उनको सम्पत्ति विवरणमा कास्की जिल्लामा विभिन्न कित्तामा करिब २७ रोपनी १५ आना ४ पैसा जग्गा रहेको पनि उल्लेख गरिएको छ।