गृहमन्त्री सुधन गुरुङको राजीनामा, प्रधानमन्त्री बालेन शाहले लिए जिम्मेवारी

mayukarajkumari

काठमाडौँ

गृहमन्त्री सुधन गुरुङले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएका छन्। उनी सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर आफ्नो पदबाट राजीनामा दिएका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार दीपा दाहालका अनुसार गृहमन्त्री गुरुङले भर्खरै राजीनामा बुझाएका हुन्। हालका लागि गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहकै मातहत रहने बताइएको छ।

विवादास्पद व्यापारी दीपक भट्टसँग लगानी साझेदारी रहेको विषय सार्वजनिक भएपछि उत्पन्न नैतिक प्रश्नका आधारमा गुरुङले राजीनामा दिएका हुन्।

प्रतिक्रिया