काठमाडौँ,
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँग उहाँको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको छ।
भेटको अवसरमा सर्वोच्च अदालतका अन्य न्यायाधीशहरू पनि उपस्थित हुनुहुन्थ्यो। कानुनमन्त्री पदेन न्यायपरिषद्को सदस्य हुने संवैधानिक व्यवस्था अनुसार मन्त्री गौतमले सर्वोच्च अदालतका प्रमुख न्यायाधीशसँग औपचारिक भेटघाट गर्नु भएको हो।
29 March 2026