काठमाडौँ,
पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउको विरोधमा नेकपा एमालेले काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाएको छ। शनिबार बसेको आकस्मिक सचिवालय बैठकको निर्णयअनुसार आज विरोधपत्र बुझाइएको हो।
एमालेले भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगप्रति असहमति जनाएको छ। पार्टीले उक्त घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको छ। यसका साथै, आज देशभरका अन्य जिल्ला प्रशासन कार्यालयमा पनि विरोधपत्र बुझाउने कार्यक्रम रहेको छ।
ओली पक्राउपछिको परिस्थितिबारे संसदमा रहेका अन्य दलहरूसँग संवाद गरी सामूहिक प्रतिवादको संयोजन गर्न नेताहरू विष्णु पौडेल, रामबहादुर थापा, गोकर्ण विष्ट लगायतलाई जिम्मेवारी दिइसकेको पार्टीले जनाएको छ।