दीपक खड्का सीआईबीबाट सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा

mayukarajkumari

काठमाडौँ,

पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्कालाई प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एआईजी डा. मनोज केसीका अनुसार, उनलाई आवश्यक अनुसन्धानका लागि विभागमा पठाइएको हो।

अब खड्काको मुद्दाको अनुसन्धान तथा अभियोजनको प्रक्रिया सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अघि बढाउनेछ। यसक्रममा म्याद थप र अन्य कानुनी प्रक्रिया पनि विभागमार्फत अदालतमा पेश गरिने जनाइएको छ।

पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीसमेत रहेका दीपक खड्कालाई सीआईबीले आइतबार बिहान पक्राउ गरेको थियो। गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा उनको बुढानीलकण्ठस्थित निवासमा प्रदर्शनकारीले तोडफोड तथा आगजनी गरेका थिए।

सो घटनापछि घरभित्र जलेका नेपाली तथा विदेशी मुद्रा फेला परेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जलेका नोटका टुक्रा र खरानी सङ्कलन गरी अनुसन्धान अघि बढाइरहेको छ।

प्रतिक्रिया