नयाँ प्रतिनिधिसभा नियमावली बनाउने निर्णय

mayukarajkumari

काठमाडौँ

सर्वदलीय बैठकले प्रतिनिधिसभाको नयाँ नियमावली बनाउने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको बैठकले हालको प्रतिनिधिसभा नियमावली २०७९ संशोधन गरी नयाँ नियमावली तयार गर्ने सहमति गरेको हो।

बैठकले यसका लागि नियमावली मस्यौदा समिति गठन गर्ने निर्णय गरेको नेकपा एमालेका सांसद गुरु बरालले जानकारी दिए। साथै संसद्को कामकारबाहीलाई क्रमशः डिजिटल बनाउँदै लैजाने र हाललाई कागजी तथा डिजिटल दुवै प्रणाली प्रयोग गर्ने सहमति पनि गरिएको छ।

यसैगरी, सबै दलको प्रभावकारी प्रतिनिधित्व सुनिश्चित हुने गरी २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गर्ने निर्णय गरिएको छ।

बैठकपछि सांसद बरालले संविधान कार्यान्वयनमा देखिएका चुनौतीका विषयमा आफ्नो दलले सदनमार्फत आवाज उठाउने बताए। उनले विधिको शासनमाथि प्रश्न उठे प्रतिपक्षको भूमिकामा सशक्त ढंगले प्रस्तुत हुने र सरकार संविधान तथा कानुनभन्दा बाहिर गएमा सदनमार्फत प्रतिवाद गर्ने धारणा राखे।

प्रतिक्रिया