“नवनिर्वाचित सांसदलाई जिम्मेवार भएर जनताको सेवामा लाग्न सभापति लामिछानेको निर्देशन”

mayukarajkumari

ललितपुर,

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई देश र जनताप्रति जिम्मेवार भएर काम गर्न निर्देशन दिनुभएको छ। उहाँले निर्वाचनमा जनताले दिएको अभिमतको पूर्ण सम्मान गर्न सबैलाई आग्रह गर्नुभयो।

ललितपुरमा रास्वपाद्वारा आयोजित नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण कार्यक्रममा सभापति लामिछानेले सार्वजनिक रूपमा जथाभावी अभिव्यक्ति दिन नहुने स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “सञ्चारमाध्यममा विचार गरेर बोल्नुस्। बोल्दा वैदेशिक सम्बन्धमा पर्ने प्रभाव पनि सोच्नुहोस् र जिम्मेवार भएर बोल्नुहोस्। नागरिकसँगको सम्पर्कलाई बलियो बनाउनुपर्छ।”

उहाँले थप्नुभयो, “हामीले नागरिकसँग गरेका करारपत्रलाई राम्रोसँग पढ्नु आवश्यक छ। हामीमाथि देश बनाउने र देशमा परिवर्तन ल्याउने जिम्मेवारी छ। जनताले दिएको अभिमतको सम्मान गर्दै सकारात्मक परिवर्तनतर्फ लाग्नु हाम्रो प्राथमिक जिम्मेवारी हो।”

प्रतिक्रिया