सुदूरपश्चिम,
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको प्रारम्भिक टोली घोषणा गरिएको छ। सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टका अनुसार, कुल ३३ खेलाडीलाई छनोट गरी बन्द प्रशिक्षणका लागि बोलाइएको छ। प्रारम्भिक टोलीको छनोट गत माघमा सम्पन्न प्रादेशिक छनोट प्रतियोगितामा खेलाडीहरूले देखाएको प्रदर्शनको आधारमा गरिएको हो।
छनोट भएका खेलाडीमा शेर मल्ल, भोजराज भट्ट, अशोक धामी, हेमन्त धामी, सौर्य श्रेष्ठ, विकास आग्री, किरन ठगुन्ना, टेक रावत, अरुण ऐरी, खडक बोहरा, अभिषेक पाल, प्रकाश पाण्डे, दीपक बोहरा, आयुव चन्द, राहुल भण्डारी, मिलन बोहरा रहेका छन्। यस्तै, नारायण जोशी, आर्यन टमटा, लोकेन्द्र चन्द, वसन्त सिंह कार्की, आर्यन बेचे, आयुश चन्द, अर्जुन विक, राजु रिजाल, सचिन भट्ट, राज विक, सुनिल चन्द, नरेन भट्ट, कैलाश ऐर, वीरेन्द्र बम, हिक्मत महरा, विशाल ऐर र आशिष तिरुवा पनि टोलीमा रहेका छन्।
प्रादेशिक क्रिकेट सङ्घका कोषाध्यक्ष दिनेश सिंहका अनुसार, छनोट भएका खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ र उक्त प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूको आधारमा अन्तिम टोली घोषणा गरिनेछ।