काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी रिजाल पक्राउ
mayukarajkumari
31 March 2026
काठमाडौँ,
काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज बिहान कोटेश्वरस्थित सुविधानगरबाट उहाँलाई नियन्त्रणमा लिएको हो।
गत भदौ २३ र २४ गते भएको आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले सो आन्दोलनमा बल प्रयोग गर्न निर्देशन दिएको उल्लेख गर्दै तत्कालीन पूर्वप्रजिअ रिजालमाथि कारबाही सिफारिस गरेको थियो।
पक्राउ परेका रिजाललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाउने तयारी भइरहेको छ। अनुसन्धान प्रक्रियालाई अगाडि बढाउन जिल्ला अदालतबाट म्याद थप गरिने जानकारी अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले राससलाई दिनुभयो।