जेनजी सहिद साउदको परिवारलाई रोजगारी प्रदान

mayukarajkumari

बैतडी,

जेनजी आन्दोलनका क्रममा साहदत प्राप्त गरेका शिवनाथ गाउँपालिका–२ का दीपकसिंह साउदको परिवारका सदस्यले रोजगारी पाएका छन्।

सहिद दीपककी भाउजु सरस्वतीले नेपाल विद्युत् प्राधिकरणमा रोजगारी पाएकी छन्। प्राधिकरणले हालै प्रकाशित नामावलीअनुसार सरस्वतीसहित २७ जना जेनजी सहिदका परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरेको थियो।

दीपकसिंह साउद शिवनाथ–२ शर्माली घरका थिए र गत भदौ २३ गतेको जेनजी आन्दोलनको क्रममा गोली लागेर मृत्यु भएका थिए। उनी कृषि सहायकको अध्ययन गरिसकेका थिए र रोजगारीका लागि दक्षिण कोरिया जान तयारी गर्दै थिए।

सहिद साउदका परिवारलाई सरकारले यसअघि नै रु १५ लाख राहत उपलब्ध गराइसकेको छ। यस्तै, शिवनाथ गाउँपालिकाले पनि सहिद परिवारलाई रु एक लाख राहत प्रदान गरेको गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिनुभयो। गाउँपालिकाबाट सञ्चालन हुने उद्यम कार्यक्रममा पनि सहिद परिवारलाई प्राथमिकतामा राखिएको बताइएको छ।

प्रतिक्रिया