भद्रपुर (झापा),
झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
स्थानीय ३५ वर्षीया सुनिता बास्कीको नाङ्गो तार छोएपछि करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति आफ्नै घरमा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो तार छोएपछि बास्कीलाई करेन्ट लागेको र घटनास्थलमै मृत्यु भएको हो।
घटनाबारे अनुसन्धानका लागि प्रहरी अधिकृतसहितको टोली खटिएको छ भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
10 April 2026