रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ। शपथ ग्रहण कार्यक्रम राष्ट्रपति कार्यालय, शीतल निवासमा बिहान ११ः१५ बजे आयोजना गरिनेछ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूमध्ये केसी ज्येष्ठ सदस्य हुनुहुन्छ। उहाँ नेपाली काँग्रेस का तर्फबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनुभएको हो।
यस निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना सांसद निर्वाचित भएका छन्।
ज्येष्ठ सदस्य केसीले प्रतिनिधिसभामा निर्वाचित सबै सांसदहरूलाई यही चैत १२ गते बिहीबार पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रमसमेत तय गरिएको छ।