काठमाडौँ,
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भर्चुअल (भिडियो कन्फ्रेन्सिङ) माध्यमबाट अदालतमा उपस्थित गराइने भएको छ। उनकी स्वास्थ्य अवस्थाका कारण उनलाई भौतिक रूपमा अदालतमा उपस्थित गराउन नसकिने भएकोले जिल्ला अदालत काठमाडौँले भिडियो कन्फ्रेन्सिङमार्फत उपस्थित गराउने निर्णय गरेको हो। अदालतका रजिष्टार तीर्थराज अधिकारीले यसबारे जानकारी दिएका छन्।
शनिबार बिहानै ओलीलाई गुन्डुबाट पक्राउ गरी त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। उनका स्वास्थ्य परीक्षणपछि चिकित्सकहरूले उनलाई अस्पतालमै राखेर निगरानी गर्न सुझाव दिएका थिए।
यसैबीच, शनिबार साँझ र आइतबार बिहान गरिएको स्वास्थ्य परीक्षणमा ओलीलाई हिँडाउनु उपयुक्त नहुने भन्दै अस्पतालमै राख्ने निर्णय गरिएको थियो। प्रशासनले उनको सुरक्षा र स्वास्थ्य दुवै पक्षलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट अदालत प्रक्रियामा सहभागी गराउने तयारी गरेको छ।