मकवानपुरमा ट्रामाडोलसहित दुईजना पक्राउ

mayukarajkumari

मकवानपुर,

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-४, स्कुल रोड चोकबाट लागूऔषध ट्रामाडोलसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। घटनामा प्रहरीले १३२ ट्याब्लेट ट्रामाडोल बरामद गरेको बताएको छ।

सोमबार दिउँसो भीमफेदी गाउँपालिका-६, छबेली बस्ने २७ वर्षीय उमेश मोक्तान र १६ वर्षीय एक किशोरलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनीहरू ओमभवनबाट हुप्रातर्फ जाँदै गरेको बाप्रा ०३-००२ प ४४८१ नम्बरको स्कुटरमा सवार थिए। प्रहरीले सो स्कुटरमा सवार उनीहरूलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो।

साथै प्रहरीले हाल फरार रहेको स्कुटरमा सवार एक जनाको खोजी गरिरहेको बताएको छ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ र अपराधसँग जोडिएका अन्य विवरणहरू पत्ता लगाउन खोज्दैछ।

प्रतिक्रिया