पेट्रोलियम पदार्थमा पुनः मूल्यवृद्धि, पेट्रोल प्रतिलिटर रु २१९ पुग्यो

mayukarajkumari

काठमाडौँ,

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्य उतारचढावलाई कारण देखाउँदै निगमले आजदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल, एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो।

निगम सञ्चालक समितिको निर्णयअनुसार पेट्रोलमा प्रतिलिटर रु १७ वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर रु २५–२५ का दरले मूल्य बढाइएको छ। त्यसैगरी, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर रु १०० ले वृद्धि गरिएको छ। हवाई इन्धन (आन्तरिक)तर्फ प्रतिलिटर रु ६ बढाइएको निगमले जनाएको छ।

नयाँ मूल्यसूचीअनुसार काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर रु २१९ पुगेको छ। डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु २०७ कायम भएको छ भने एलपी ग्यास प्रतिसिलिन्डर रु २,०१० पुगेको छ। यस्तै, हवाई इन्धन (आन्तरिक)को मूल्य प्रतिलिटर रु २५७ निर्धारण गरिएको छ।

सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिए पनि घाटा न्यूनीकरण हुन नसकेपछि मूल्य समायोजन गर्नुपरेको निगमको दाबी छ। निगमका अनुसार हालको मूल्यवृद्धिपछि पनि संस्थालाई पाक्षिक रूपमा करिब रु ७ अर्ब ८१ करोड घाटा हुने अनुमान गरिएको छ।

प्रतिक्रिया