राष्ट्रिय परिचयपत्र र पञ्जीकरण विभागमा गृहमन्त्रीको आकस्मिक निरीक्षण

mayukarajkumari

काठमाडौँ,

गृहमन्त्री सुधन गुरुङले सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र तथा कालिकास्थानस्थित पञ्जीकरण विभागमा सोमबार आकस्मिक छड्के अनुगमन गरेका छन्। उनले कार्यालयको सेवा प्रवाह, कर्मचारीको अनुशासन र वेबसाइट सुरक्षा सम्बन्धमा प्रत्यक्ष जानकारी लिएका छन्।

मन्त्री गुरुङले परिचयपत्र वितरणमा भइरहेको ढिलाइ र नागरिकले भोग्नुपरेको असुविधा हटाउन विशेष चासो देखाएका छन्। उनका अनुसार, छिटो र छरितो सेवा प्रवाह सुनिश्चित गर्नु अत्यावश्यक छ। सचिवालयका अनुसार गुरुङले विभागीय प्रणाली र कर्मचारीको कार्यशैलीको समीक्षा गर्दै सुधारका सुझावहरू पनि दिएका छन्।

यस निरीक्षणमार्फत गृहमन्त्रीले विभागमा नागरिक केन्द्रित सेवा सुधारका लागि आवश्यक कदम अघि बढाउने स्पष्ट संकेत दिएका छन्।

प्रतिक्रिया