काठमाडौँ,
नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिनुभएको छ। उहाँले शुक्रबार अर्थ मन्त्रालयमा राजीनामापत्र बुझाउँदै आफ्नो जिम्मेवारीबाट अलग हुनुभएको हो।
श्रेष्ठले आफ्नो राजीनामा स्वेच्छिक रहेको बताउँदै सरकारलाई सहयोग पुग्ने उद्देश्यले मार्ग प्रशस्त गरेको प्रतिक्रिया दिनुभएको छ। उहाँले कुनै दबाब नभई व्यक्तिगत निर्णयका आधारमा पद त्याग गरेको स्पष्ट पार्नुभयो।
उहाँ २०८१ मङ्सिर १० गते नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त हुनुभएको थियो। उहाँको राजीनामासँगै अब बोर्डको नेतृत्वमा नयाँ नियुक्तिको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।
18 April 2026