काँकडभिट्टा नाकाबाट २४ बिचौलिया पक्राउ, यात्रु तानातानमा कडाइ

mayukarajkumari

झापा, 

काँकडभिट्टा
नाकामा यात्रुहरूलाई जबर्जस्ती तानातान गर्ने २४ जना बिचौलियालाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय काँकडभिट्टा को टोलीले बसपार्क, भन्सार क्षेत्र तथा बजार आसपासबाट उनीहरूलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार पक्राउ परेका सबै पुरुष रहेका छन्। उनीहरूले लामो तथा छोटो दूरीका सवारी साधनमा चढाउने, होटलमा बसोबास मिलाउने तथा अस्पतालमा उपचारका लागि लगिदिने भन्दै यात्रुहरूलाई जबर्जस्ती गर्ने गरेको पाइएको छ।

यात्रुहरूबाट बिचौलियाको हैरानीबारे गुनासो आएपछि प्रहरीले सोमबार बिहानैदेखि नाकाको बसपार्क, बजार तथा भन्सार क्षेत्रमा निगरानी बढाएको थियो। सोही क्रममा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया