काठमाडौं,
आज साँझ काठमाडौंबाट खण्डग्रास चन्द्रग्रहण देखिनेछ। खगोलविद्हरूका अनुसार साँझ ६:०४ बजे चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामा देखिनेछ।
वरिष्ठ खगोलविद् जयन्त आचार्यले जानकारी दिनुभयो, चन्द्रमा क्षितिजबाट माथि उठ्दा यसको आधाभन्दा बढी भाग पृथ्वीको गाढा छायाले ढाकिएको देखिनेछ। चन्द्रमा उदाउँदा ग्रहण सुरु हुनु दुर्लभ खगोलीय घटना हो।
काठमाडौँमा चन्द्र ग्रहण करिब एक घण्टासम्म स्पष्ट रूपमा अवलोकन गर्न सकिनेछ। खगोलविद्हरूले चन्द्र ग्रहण हेर्न कुनै विशेष उपकरण वा सुरक्षात्मक चस्माको आवश्यकता नपर्ने बताएका छन्।
सूर्य ग्रहणको विपरीत, चन्द्र ग्रहणले आँखामा प्रत्यक्ष असर नपार्ने भएकाले खुला स्थानबाट नाङ्गो आँखाले सुरक्षित रूपमा अवलोकन गर्न सकिनेछ।
03 March 2026