काठमाडौं
नेपाली बजारमा आइतबार साताको पहिलो कारोबार दिन सुनको मूल्य उल्लेखनीय रूपमा बढेको छ । सुनको मूल्य एकैदिन ५ हजार ६ सय रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेर ३ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँ कायम थियो ।
त्यसैगरी, चाँदीको मूल्य पनि आज बढेको छ । चाँदी प्रतितोला ५ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ, जबकि शुक्रबार यसको मूल्य प्रतितोला ५ हजार ७ सय ४० रुपैयाँ थियो ।
01 March 2026