काठमाडौँ,
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना हुने भएको छ। बैठकमा संसदीय दलको नेता चयन हुने बताइएको छ।
पार्टीका सहमहामन्त्री विपिन आचार्यले राससलाई जानकारी दिँदै बैठक वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्न डाकिएको बताउनुभयो। बैठक प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहणपछि सञ्चालन हुने जनाइएको छ।
उक्त चुनावमा रास्वपाले बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको थियो। बैठकले संसदीय दलको नेतृत्व चयनसँगै आगामी राजनीतिक रणनीति तय गर्ने अपेक्षा गरिएको छ।
26 March 2026