अफगानिस्तानले अस्पताल हवाई आक्रमणमा पाकिस्तानमाथि आरोप लगायो

mayukarajkumari

काबुल, 

अफगानिस्तानमा
एक अस्पतालमा हवाई आक्रमण हुँदा दर्जनौं व्यक्तिको मृत्यु घाइते हुने आशंका गरिएको छ। यस घटनामा तालिबान सरकारले पाकिस्तानलाई दोष लगाएको छ।

सरकारी प्रवक्ताका अनुसार उक्त अस्पतालमा औषधि उपचारका लागि हजारौं व्यक्तिहरू उपचाररत थिए। आक्रमण सोमबार साँझ भएको थियो, जसले केहीको मृत्यु केही घाइते भएका छन्। अस्पतालका कर्मचारीहरूले बताए अनुसार करिब २००० जना उपचाररत थिए घटनामा सयौं जनाको मृत्यु वा चोटपटक भएको हुनसक्ने अनुमान गरिएको छ।

पाकिस्तानको सूचना मन्त्रालयले अस्पताललाई लक्ष्य बनाएको दाबी अस्वीकार गर्दै, काबुल पूर्वी अफगान प्रदेश नंगरहरमा सैनिक प्रतिष्ठान र “आतंकवादी सहयोग पूर्वाधार”माथि आक्रमण गरिएको बताएका छन्।

स्थानीय बासिन्दाहरूले काबुलमा साँझ करिब २०:५० बजे ठूलो विस्फोटको आवाज सुनेको त्यसपछि हवाईजहाज हवाई प्रतिरक्षा प्रणालीको आवाज आएको बताए। पीडितहरूको परिवार अस्पताल बाहिर जम्मा भएर आफ्ना प्रियजनको जानकारी खोजिरहेका छन्।

छिमेकी देशहरूबीचको द्विपक्षीय संघर्ष गत महिना फेरि सुरु भएको हो। पाकिस्तानले अफगानिस्तानलाई उग्रवादी समूहलाई आश्रय दिएको आरोप लगाएको भने तालिबान सरकारले यसलाई अस्वीकार गरेको छ।

संयुक्त राष्ट्रको अफगानिस्तान सहयोग मिशन (UNAMA) का अनुसार, २६ फेब्रुअरीदेखि जारी द्विपक्षीय संघर्षमा अफगानिस्तानमा कम्तीमा ७५ जनाको मृत्यु १९३ जना घाइते भएका छन्।

प्रतिक्रिया