सात महिनामा रु एक खर्ब २३ अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

mayukarajkumari

वीरगञ्ज (पर्सा), 

चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालले रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ। वीरगञ्ज भन्सार कार्यालय का अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष इन्धन आयातमा वृद्धि भएको देखिएको छ।

उक्त अवधिमा पेट्रोलियम पदार्थ आयातबाट रु ५२ अर्ब १५ करोड राजस्व सङ्कलन भएको छ। इन्धन आयातमध्ये डिजेलको हिस्सा सबैभन्दा बढी रहेको छ। सो अवधिमा रु ६३ अर्ब ६५ करोड बराबरको सात लाख दुई हजार ३०० किलोलिटर डिजेल आयात गरिएको छ।

त्यसैगरी, रु २५ अर्ब ३० करोड बराबरको दुई लाख ९० हजार ३८२ किलोलिटर पेट्रोल आयात भएको छ भने रु २० अर्ब ८५ करोड बराबरको २० करोड २८ लाख २० हजार ९३२ किलोग्राम एलपी ग्यास आयात गरिएको तथ्याङ्कमा उल्लेख छ।

प्रतिक्रिया