सरकारी कार्यालयमा नयाँ ९–५ समय लागू, कर्मचारीहरूको बिहान ८ बजेदेखि चहलपहल

mayukarajkumari

काठमाडौँ, 

नेपाल सरकारले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजतालाई मध्यनजर गर्दै सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो, जसअनुसार अब शनिबार र आइतबार सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरू बन्द रहनेछन्।

नयाँ व्यवस्था मंगलबारदेखि लागू गरिएको छ। बिदाको दिन थपिएसँगै सरकारी कार्यालयहरूको समय तालिकामा पनि परिवर्तन गरिएको छ। अब सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन्।

समय परिवर्तन लागू भएसँगै सिंहदरबार लगायतका सरकारी कार्यालयहरूमा बिहानैदेखि चहलपहल देखिन थालेको छ। कर्मचारीहरू कार्यालय समय सुरु हुनुअघि नै, बिहान ८ बजेदेखि नै कार्यालय पुग्न थालेका छन्, जसले प्रशासनिक क्षेत्रमा नयाँ समय तालिकाको प्रभाव देखाएको छ।

प्रतिक्रिया